कोरोनाको भ्याक्सिन निःशुल्क वितरण गर्ने सरकारको घोषणा

Dec Fri 2020 10:36:21

519 views

कोरोनाको भ्याक्सिन निःशुल्क वितरण गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले कोरोना भाइरसको भ्याक्सिन जनतालाई निःशुल्क उपलब्ध गरउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको भ्याक्सिन सरकारले नै आयात गरी जनतालाई निःशुल्क उपलब्ध गराउने बताएका छन् । अर्थमन्त्री पौडेलले कोरोना भ्याक्सिनको लागि स्रोतको अभाव नहुने समेत प्रष्ट पारेका छन् ।

नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताएका हुन् ।