मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः २०७ वटा वित्तीय संस्था गाभिएर ५० वटा भए

Dec Sat 2020 03:54:50

481 views

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः २०७ वटा वित्तीय संस्था गाभिएर ५० वटा भए

काठमाडौं - नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/२०७८ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अनुसार असोजसम्म २०७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा संलग्न भई ५० संस्था कायम भएका छन् । 

यस अवधिमा १५७ संस्थाको इजाजत खारेज भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रयमासमा १२ लघुवित्त वित्तीय संस्थाहरु गाभिने प्रक्रियामा संलग्न भई ६ संस्था कायम भएका छन् । 

कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने कर्जा/स्रोत परिचालन अनुपात (सिसिडी रेसियो)  २०७८ असारसम्मको लागि ८५ प्रतिशत कायम गरिएको छ । २०७७ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा÷स्रोत परिचालन अनुपात ७२.९ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुले २०७७ असारसम्म आफ्नो चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत ऋणपत्र जारी गरिसक्नु पर्ने समयावधि २०७९ असार मसान्त कायम गरिएको छ । २०७७ असोजसम्म बैंक तथा वित्तीय संस्थाले ऋणपत्रमार्फत् रु.५७ अर्ब ६८ करोड वित्तीय साधन परिचालन गरेका छन् ।