नेपालमा थप ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Dec Sun 2020 03:40:53

1018 views

नेपालमा थप ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितकोे कुल संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार आज १०९७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

नेपालभर हाल ८ हजार ३ सय २० जना सक्रिय संक्रमित छन् भने ४ सय २१ जना क्वारेन्टिनमा रहेका छन्।आज थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ।