शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १३ प्रतिशत बोनस शेयर दिने

Dec Sun 2020 06:03:01

710 views

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १३ प्रतिशत बोनस शेयर दिने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १३ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिए आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त बोनस वितरण गर्ने निर्णय कम्पनीको पुस ३ गतेको सञ्चालक समितिको बैठकले गरेको हो । 

कम्पनीले हाल कायम चुक्तापूँजी रू. ३ अर्ब १ करोड ६३ लाख ३९ हजारको आधारमा बोनस वितरण गर्न लागेको हो । पूर्णिमा र भार्गव विकास बैंकलाई प्राप्ती गरेको यस कम्पनीले बोनस शेयरमा कर छुट हुने हुदाँ यस वर्ष नगद लाभांश प्रस्ताव नगरेको बताएको छ ।