हकप्रद शेयरका लागि नागरिक लगानीकोषको पुस १४ गते बुक क्लोज

Dec Sun 2020 06:05:55

524 views

हकप्रद शेयरका लागि नागरिक लगानीकोषको  पुस १४ गते  बुक क्लोज

काठमाडौं । नागरिक लगानी कोषले हकप्रद शेयर प्रयोजनका लागि पुस १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीको पुस ४ गतेको सञ्चालक समितिको बैठकले उक्त दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । यस कम्पनीले १ः ०.८३ को अनुापतमा हकप्रद शेयर विक्री गर्न पुस २ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । हकप्रद निष्कासनको मिति भने कम्पनीले हालसम्म तय गरेको छैन्


कोषले गत असार २० गते सम्पन्न २५ औं वार्षिक साधारण सभा मार्फत सो हकप्रदको प्रस्ताव पारित गरेको थियो । उक्त सभा मार्फत २२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको कोषको बोनस पश्चात चुक्तापूँजी १ अर्ब ६४ करोड ७ लाख रुपैयाँ पुगेको छ ।