नबिल बैंकले सबै बैंकभन्दा बढी ३५.२६ प्रतिशत लाभांस घोषणा गर्यो

Dec Mon 2020 07:42:03

575 views

नबिल बैंकले सबै बैंकभन्दा बढी ३५.२६ प्रतिशत लाभांस घोषणा गर्यो

काठमाडौं । नबिल बैंक लिमिटेडले कर सहित कुल ३५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफा मध्यबाट ३३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

 हाल यस बैंकको चुक्तापूँजी रू. १० अर्ब ९ करोड ७४ लाख ९७ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरणको प्रस्ताव गरेको हो । नबिलको प्रस्तावित लाभांश यस वर्षको हालसम्म घोषणा भएको वाणिज्य बैंकहरुमध्यकै उत्कृष्ठ लाभांश हो । गत वर्ष यस बैंकले १२ दशमलव बोनस शेयर र २२ दशमलव नगद गरी कुल ३४ प्रतिशत लाभांश दिएको थियो ।