नेपाल लाइफ इन्स्योरेन्सले ५१ प्रतिशत लाभांश दिने

Dec Tue 2020 08:11:53

1528 views

नेपाल लाइफ इन्स्योरेन्सले ५१ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने भएको छ । मंगलबार सेको कम्पनीको ३११औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष  २०७५।७६ को नाफाबाट ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश  दिने निर्णय गरेको हो ।

हाल नेपाल लाइफको चुक्ता पुँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ छ । बोनस शेयर वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड पुग्ने छ ।  बीमा समितिको स्वीकृति र साधारण सभाबाट पास गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।