२१२७ विन्दुसम्म पुगेको नेप्से २०६८.४५ विन्दुमा फर्कियो किन ?

Dec Wed 2020 05:30:23

776 views

२१२७ विन्दुसम्म पुगेको नेप्से २०६८.४५ विन्दुमा फर्कियो किन ?

काठमाडौं । बुधबार ८ पुस नेप्से परिसूचक ७.०४ अंक वृद्धि भएर बन्द भएको छ । ०.३४ प्रतिशतले वृद्धि भएको नेप्से परिसूचक २०६८.४५ विन्दुमा उक्लिएर बन्द भएको हो । कारोबार अवधिभर परिसूचक २१२७.०१ विन्दुसम्म पुगेको थियो । आज ६ अर्ब ८६ करोड २४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । मंगलबार ६ अर्ब ७४ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

२०३ कम्पनीको १ करोड १५ लाख ५८ हजार ९९१ कित्ता शेयर खदिर विक्री भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको १ अर्ब ३४ करोड ४४ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४५ करोड ५१ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।

सर्वाधिक शेयर मूल्य वृद्धि नविल बैंक लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता १ हजार ४८९ रुपैयाँ कायम भएको छ । त्यस्तै समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य ९.६३ प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये बैकिङ्ग, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचकमा कमी आएको छ । बैंकिङ्ग समूहको १.५८ प्रतशित, जीवन बीमा समूह २.८७ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.६२ प्रतिशतले परिसूचक वृद्धि भएको हो ।