प्रभु लाइफको आईपीओ बाँडफाँट कहिले ?

Dec Tue 2020 06:38:20

2374 views

प्रभु लाइफको आईपीओ बाँडफाँट कहिले ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ चाडै नै बाँडफाँट गर्ने तयारी गरिएको छ । हालसम्मकै बढी आवेदन परेको प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ ढिलोमा बिहीवारसम्म बाँडफाँट गर्ने तयारी गरिएको हो ।

डाटा भेरिफाइको काम अन्तिम चरणमा रहेकाले बिहीवारसम्ममा बाँडफाँट गरिसक्ने विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । आजै प्रि अलोटमेण्ट गर्ने गरी काम भैरहेको बताउँदै क्यापिटलले आज नभ्याए भोलीसम्म प्रि अलोटमेण्ट गरी पर्सि बाँडफाँट गर्ने गरिएको जनाइएको छ । 

यो आईपीओले आवेदक संख्यामा हालसम्मकै रेकर्ड तोडेको छ । विक्री प्रबन्धकका अनुसार १० लाख ८२ हजार २२९ आवेदकबाट २ करोड ९३ लाख ६७ हजार २४० कित्ताको माग भएको छ । जुन मागभन्दा ५ गुणा बढी आवेदन हो ।