५ अर्बको स्टक डिलर कम्पनीलाई लाइसेन्स

Dec Thu 2020 07:42:58

675 views

५ अर्बको स्टक डिलर  कम्पनीलाई लाइसेन्स

काठमाडौं । ५ अर्ब पुँजी भएको नागरिक स्टक डिलर कम्पनी लिमिटेडलाई एक साताभित्र लाइसेन्स उपलब्ध गराउने तयारी नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ ।

स्टक डिलर कम्पनीमा नागरिक लगानी कोष, राष्ट्रिय पुर्नबीमा कम्पनी लिमिटेड र नेपाल टेलिकमको संयुक्त लगानी रहने छ । कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । ३० प्रतिशत लगानी भने सर्वसाधारणका लागि छुट्याईएको छ । 

उक्त कम्पनीमा संस्थापकबाट साढे तीन अर्ब र डेढ अर्ब रुपैयाँ सर्वसाधारणबाट आईपीओ जारी गर्ने गरि  ५ अर्बको चुक्ता पुँजी भएको स्टक डिलर कम्पनी स्थापना भएको हो । आईपीओमा जान भने कम्पनी सञ्चालनमा आएपछि २ वर्ष लाग्ने बताइएको छ । कम्पनीले केहि वर्षभित्रै ५० अर्बको पोर्टफोलियो बनाउने लक्ष्य तय गरेको छ ।

पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेश बढाउन तथा पुँजी बजारलाई थप गतिशिल बनाउन स्टक डिलर सञ्चालनमा ल्याउन लागिएको हो । स्टक डिलरमा ब्रोकर कमिशनको कुरा हुँदैन । कम्पनीले ‘बल्कमा’ सेयर कारोबार गर्छ ।  

कम्पनीले संस्थापक सेयरधनीबाट ‘बास्केट फण्ड’ बनाएर स्टक डिलर कम्पनीले सेयर बजारमा लगानी गर्ने छ । 

स्टक डिलरको माध्यमबाट ‘बल्क’मा शेयर खरिद बिक्री गर्न सकिनेछ । स्टक डिलरले अस्वभाविक रुपमा बढ्ने र घट्ने शेयर बजारलाई सन्तुलनमा ल्याउने अपेक्षा गरिएको छ ।