नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ धितोपत्र बोर्डबाट स्वीकृत

Dec Sun 2020 07:14:08

2240 views

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ धितोपत्र बोर्डबाट स्वीकृत

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट हालसम्मकै ठूलो प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शुक्रबार स्वीकृति पाएको छ । बोर्डले पुस १० गते बैंकलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । 

बैंकको आईपीओ हालसम्मकै ठूलो आईपीओ हो । जारी पूँजी २० अर्ब रहेको बैंकले जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । यो नै हालसम्मकै ठूलो सार्वजनिक निष्काशन हो । यसअघि एचआईडीसिएलले सर्वसाधारणमा २ अर्ब रुपैयाँ बराबरको करोड कित्ता शेयर जारी गरेको थियो ।

बैंकको मंसिर ३ गते सम्पन्न साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।