२०२८ सम्ममा अमेरिकी अर्थतन्त्रलाई चीनले उछिन्ने

Dec Sun 2020 04:17:26

२०२८ सम्ममा अमेरिकी अर्थतन्त्रलाई चीनले उछिन्ने

काठमाडौं । चिनियाँ अर्थतन्त्रले सन् २०२८ सम्ममा अमेरिकी अर्थतन्त्रलाई उछिन्ने एक अध्ययनले देखाएको छ । शनिबार सार्वजनिक एक अध्ययनले अमेरिकालाई उछिन्दै चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने देखाएको हो । सेन्टर फर इकोनोमिक्स एण्ड बिजनेस रिसर्च (सिइबिआर) ले प्रकाशित गरेको प्रतिवेदनअनुसार कोरोना भाइरस रोकथाममा यी दुई देशले देखाएको प्रतिक्रियाले यस्तो नतिजाको प्रक्षेपण गरिएको हो।

 यसअघि सन् २०३२ मा चीन विश्वको एक नम्बर अर्थतन्त्र हुने प्रक्षेपण गरिएको थियो।