नेप्सेको डाटा चलाउन अब १ लाखसम्म तिर्नुपर्ने (कार्यविधि सहित)

Dec Sun 2020 06:15:34

772 views

नेप्सेको डाटा  चलाउन अब  १ लाखसम्म तिर्नुपर्ने (कार्यविधि सहित)

काठमाडौं । अब नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्यांक निःशुल्क प्रयोग गर्न नपाइने भएको छ । नेप्सेले तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लागू गरेकाका कारण अब नेप्सेको तथ्यांक प्रयोगकर्ताहरूले शुल्क बुझाउनु पर्ने प्रावधान राखेको हो ।

नेप्सेले जारी गरेको कार्यविधि अनुसार तथ्यांक प्रयोग गर्न कम्तीमा एक हजारपाँच सय रुपैयाँदेखि एक लाख रुपैयाँसम्म शुल्क तिर्नुपर्ने भएको छ । यस अघि नेप्सेले यस्ता प्रयोगकर्तालाई निःशुल्क तथ्यांक प्रयोग गर्ने सुविधा दिएको थियो । तथ्यांक प्रयोगकर्ताले तथ्यांक प्रयोग गर्नका लागि नेप्सेसँग सम्पर्क स्थापित गर्न एक पटकमा एक लाख रुपैयाँसम्म शुल्क तिर्नुपर्ने छ ।

कार्यविधि लागू भएसँगै अब नेप्सेको तथ्याङ्क व्यक्तिगत तथा संस्थागत प्रयोजनमा प्रयोग गर्नका लागि तोकिएको शूल्क तिर्नुपर्ने भएको छ । इन्भेष्टमेण्ट कम्पनी, विश्लेषक, तथ्यांक वितरक, वित्तीय औजार विकासकर्ता विकासकर्ता आदिको व्यापारिक तथा पुन–वितरण प्रयोजनको निमित्त अथवा सञ्चार माध्यमका साथै गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक संस्थाहरुले नेप्सेको तथ्यांक प्राप्त गर्न सक्नेछन् । 

प्रयोगकर्ताहरूले अनाधिकृत रुपमा तथ्यांक प्रयोग गरेको पाइएमा नेप्सेले उक्त प्रयोगकर्ताको सेवा अवरुद्ध समेत गर्नेछ । साथै तथ्यांकको अनाधिकृत प्रयोगले क्षति हुन गएमा नेप्से समितिले तोके बमोजिमको जरिवाना पनि भराउन सक्ने व्यवस्था कार्यविधिमा छ