नेप्से ४९ अंकले बढ्यो, यी तीन कम्पनीको शेयरधनीले उच्च नाफा कमाए

Dec Wed 2020 05:41:39

671 views

नेप्से ४९ अंकले बढ्यो, यी तीन कम्पनीको शेयरधनीले उच्च नाफा कमाए

काठमाडौं । बुधबार, १५ पुस नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले वृद्धि भएर बन्द भएको छ ।  बजार खुलेदेखि उकालो लागेको थियो ।

२०८ कम्पनीको ९९ लाख १० हजार ३ कित्ता शेयर ४ अर्ब ४४ करोड ६२ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेड, नागरिक लगानी कोष र हिमालयन डिष्टिलरी लिमिटेडको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । साल्ट ट्रेडिङ्गको प्रतिशेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने नागरिक लगानी कोषको शेयर मूल्य ९.९९ प्रतिशत र हिमालयन डिष्टिलरीको शेयर मूल्य पनि ९.९९ प्रतिशतले वृद्धि भएको छ । साल्ट ट्रेडिङ्गको प्रतिशेयर मूल्य ५ हजार ७१० रुपैयाँ, नागरिक लगानी कोषको ३ हजार ३६८ रुपैयाँ र हिमालयन डिष्टिलरीको ५ हजार ९८ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सर्वाधिक मूल्यको शेयर खरिद विक्री शिवम सिमेन्टको भएको छ । यो कम्पनीको ३४ करोड ४४ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ । कारोबारमा आएका १२ समूहमध्ये होटल समूह र विकास बैंक समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूूचक वृद्धि भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि उत्पादन तथा प्रशोधन समूहको ६.८९ प्रतिशत भएको छ ।