प्रभु लाइफको आईपीओ आइतबारदेखि कारोबार, ओपनिङ्ग रेन्ज ३३८ रुपैयाँको हाराहारीमा हुने

Dec Wed 2020 05:56:10

759 views

प्रभु लाइफको आईपीओ आइतबारदेखि कारोबार,  ओपनिङ्ग रेन्ज ३३८ रुपैयाँको हाराहारीमा हुने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आगामी सातादेखि कारोबारमा ल्याउने तयारी कम्पनीले गरेको छ । आइतबारदेखि कारोबारमा ल्याउने गरी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरणको निवेदन पेश भैसकेको कमपनीले जानकारी दिएको हो ।

कम्पनीले जनाए अनुसार सूचीकरणको लागि गनुपर्ने लगभग काम सकिएको छ । सम्पुर्ण प्रकृया सकिएपछि शुक्रबार भित्रै सूचीकरण हुने कम्पनीले जनाएको छ ।

गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर बुक भ्यालु ११२ रुपैयाँ ९४ पैसा छ । त्यस अनुसार कम्पनीको शेयरको न्यूनतम ११२ देखि ३३८ रुपैयाँको हाराहारीमा कारोबार खुल्न सक्ने अनुमान गर्न सकिन्छ ।

सामान्यतय कम्पनी विवरणपत्र अनुसार रहेको बुक भ्यालुको ३ गुणा सम्म ओपनिङ्ग रेन्ज तोक्न सकिने व्यवस्था छ ।