पुस १५ गते ११ कम्पनीको बुक क्लोज, कहिलेसम्मका शेयधनीहरुले लाभांश पाउने ?

Dec Tue 2020 06:30:05

746 views

पुस १५ गते ११ कम्पनीको बुक क्लोज, कहिलेसम्मका शेयधनीहरुले लाभांश पाउने ?

काठमाडौं । पुस १५ गते ११ कम्पनीहरुले आगामी साधारण सभाकाको लागि बुक क्लोज गर्दैछन् । नेपाल एसबिआई बैंक, वोमी लघुवित्त, ङादी ग्रुप पावर , स्पर्स लघुवित्त वित्तिय संस्था, ग्लोबल आईएमई लघुवित्त, मञ्जुश्री फाइनान्स, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, छिमेक लघुवित्त, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र नबिल बैंकले बुधवार बुक क्लोज गर्न लागेका हुन । बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र यी कम्पनीहरुले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल एसबिआई बैंकले गत आवको मुनाफबाट यस वर्ष शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र ३ दशमलव ४७ प्रतिशत नगद लाभांश , वोमी लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत बोनस शेयर र ङादी ग्रुप पावर कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  यी तिनवटै कम्पनीले पुस २८ गते साधारण सभा बोलाएका छन् ।  

त्यस्तै, स्पर्स लघुवित्तले १९ दशमलव ५० प्रतिशत बोनस शेयर र १ दशमलव ०३ प्रतिशत नगद लाभांश, ग्लोबल आइएमईलघुवित्त वित्तिय संस्थाले २७ दशमलव ४७ प्रतिशत बोनस शेयर र १ दशमलव ४५ प्रतिशत नगद लाभांश, मञ्जुश्री फाइनान्सले १८ प्रतिशत बोनस शेयर र ५ दशमलव ५० प्रतिशत नगद लाभांश,ग्लोबल आइएमई बैंकले १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश,कृषि विकास बैंकले १५ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश, छिमेक लघुवित्त वित्तीय संस्थाले २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले ७ दशमलव ३७ प्रतिशत बोनस शेयर र ३ दशमलव १६ प्रतिशत नगद लाभांश र नबिल बैंकले ३३ दशमलव ५  प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।