नेपाल बैंकर्स संघको उपाध्यक्षमा अनिल उपाध्याय

Dec Tue 2020 06:44:30

899 views

नेपाल बैंकर्स संघको उपाध्यक्षमा अनिल उपाध्याय

काठमाडौं । नेपाल बैंकर्स संघ(एनबीए) को उपाध्यक्षमा अनिल कुमार उपाध्याय निर्वाचित भएका छन् । मंगलबार सम्पन्न संघको वार्षिक साधारणसभाले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपाध्यायलाई संघको उपाध्यक्ष पदमा चयन गरेको हो ।

साथै, सभाले माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एस.बि.आई. बैंकका सीईओ दीपक कुमार देलाई संघको कार्यकारिणी समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेको छ ।

संघले प्रत्येक वर्ष बैंकिङ्ग क्षेत्रमा योगदान दिनुहुने व्यक्तित्वलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर तथा तथा नबिल बैंकको पूर्व अध्यक्ष सत्येन्द्र प्यारा श्रेष्ठलाई सम्मानित गरेको छ । सम्मान-पत्र ग्रहण पश्चात् उनले सबै प्रति कृतज्ञता व्यक्त गर्दै अहिलेको चुनौतीपूर्ण अवस्थावाट वाहिर आउन एकजुट भएर लाग्नुपर्ने बताए ।