को हुँदैछन् ? बीमा समितिको नयाँ अध्यक्ष

Dec Wed 2020 07:03:44

733 views

को हुँदैछन् ? बीमा समितिको नयाँ अध्यक्ष

काठमाडौं । बीमा समितिको नयाँ अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु गरेका हुन् ।

वर्तमान अध्यक्ष चिरन्जीवी चापागाईंको कार्यकाल पुस २३ गते सकिदैछ ।

बीमा समितिको अध्यक्ष अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले नियुक्त गर्ने व्यवस्था छ । समितिको अध्यक्षका लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी लगायत प्रतिस्पर्धामा छन् ।गभर्नरको प्रत्यासी रहेका र नेपाल राष्ट्र बैंकको बरिष्ठ डेपुटी गभर्नरको जिम्मेवारी बहन गरिरहेका सिवाकोटीले समितिले अध्यक्ष बन्न चाहेमा नरोक्ने  कि भन्ने सोचमा अर्थमन्त्री पौडेल रहेको स्रोतको दाबी छ ।

अर्थमन्त्री पौडेलले यही साता नयाँ अध्यक्ष नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा लाने सम्भावना रहेको मन्त्रालय स्रोतको भनाई छ । अहिले कसलाई नयाँ अध्यक्ष बनाउने भन्ने विषयमा मन्त्री पौडेलले मन्त्रालयको आफ्नो कोर टीम र प्रधानमन्त्री ओलीसँग परामर्श गरिरहेका छन् ।