इन्फ्रास्ट्रक्चर बैंकलाई 'इक्राएनपी–आईआर बीबीबी' रेटिङ्ग

Dec Thu 2020 03:07:01

इन्फ्रास्ट्रक्चर बैंकलाई 'इक्राएनपी–आईआर बीबीबी' रेटिङ्ग

आईपीओ निष्काशन गर्न लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई इक्रा नेपालले रेटिङ्ग प्रदान गरेको छ। इक्रा नेपालले बैंकलाई 'इक्राएनपी–आईआर बीबीबी' प्रदान गरेको हो।

बैंकले सर्वसाधरणको लागि ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ।

बैंकले जारी गर्न लागेको आइपीओमा प्रत्याभूतकर्ताको काम नागरिक लगानी कोषले गर्नेछ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।

बैंकको अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ।