चन्द्रागिरि हिल्सको आईपीओ सर्वसाधारणका लागि पौष २४ गतेबाट निष्कासन हुने

Dec Thu 2020 06:26:48

668 views

चन्द्रागिरि हिल्सको आईपीओ सर्वसाधारणका लागि पौष २४ गतेबाट निष्कासन हुने

काठमाडौं  चन्द्रागिरि हिल्स लिमिटेडले आगामी पुस ।२४ गतेदेखि साधारण शेयर (आईपीओ) विक्री खुला गर्ने भएको छ । कम्पनीले निष्कासन गर्न लागेको प्रतिकित्ता रु. १०० अंकित आईपीओमा सर्वधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने छ ।

कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता शेयर मध्ये ४ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरी बाँकी रहेको १३ लाख ९६ हजार ४४ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिने भएको हो । उक्त आईपीओमा पुस २४ गतेदेखि छिटोमा पुस २८ गतेसम्म र ढिलोमा माघ १० गतेसम्म आवेदन दिन सकिने छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

उक्त आईपीओले ईक्रा नेपालबाट ईक्रा एनपी आई आर डबल बी रेटिङ प्राप्त गरेको छ ।