६ अर्ब बराबरको आइपीओ ल्याउने तयारीमा रहेका १७ कम्पनी

Jan Fri 2021 10:20:04

858 views

६ अर्ब बराबरको आइपीओ ल्याउने तयारीमा रहेका १७ कम्पनी

काठमाडौं । सेयर बजारमा सुचिकृत हुन तयार ५ अर्ब ८२ करोड ६४ लाख ३७ हजार ७२० रुपैयाँ बराबरको ५ करोड ८१ लाख ८२ हजार ८३६ कित्ता आईपीओ धितोपत्र बोर्डको पाइप लाइनमा छ ।

धितोपत्र बोर्डको पाइप लाइनमा रहेको कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनी छन् । एउटा इन्स्योरेन्स कम्पनी र एउटा माइक्रोफाइनान्स कम्पनी पनि छन् ।

 बोर्डको पाइपलाइनमा नै ११ वटा जलविद्युत कम्पनी छन् । पाइपलाइनमा रहेका कम्पनीमा सीईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी २०७४ साल असार २७ गतेदेखि नै बोर्डको पाइप लाइनमा छ । त्यस्तै मैलुङ खोला जलविद्युत् कम्पनीको आइपीओ पनि २०७४ असोज २० गते बोर्डमा दर्ता भएको थियो ।

बोर्डको पाइपलाइनमा रहेका कम्पनीमध्ये सबैभन्दा बढी भोटेकोशी जलविद्युत् कम्पनीको १ अर्ब ५० करोड रुपैयाँको १ करोड ५० लाख कित्ता र यस्तै सबैभन्दा कम सीबीआईएल क्यापिटलले ३ लाख कित्ता साधारण सेयर ल्याउने तयारी गरेको छ ।

त्यस्तै बीमा कम्पनीतर्फ ज्योती लाइफ इन्स्योरेन्सको ६६ करोड रुपैयाँको ६६ लाख कित्ता बोर्डको पाइपलाइनमा छ । माइक्रोफाइनान्सतर्फ महिला लघुवित्त वित्तीय संस्थाको ४ करोड रुपैयाँको ४ लाख कित्ता छ ।

अहिले धेरै नै चर्चामा रहेको अर्को कम्पनी भनेको डिस मिडिया नेटवर्क पनि हो । डिस मिडिया नेटवर्कले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँको २३ लाख ८५ हजार ९२९ कित्ता सेयर बोर्डको पाइप लाइनमा छ ।