Jan Fri 2021 10:32:18
934 views
अब छिट्टै पोखरामै केबलकार चढ्न पाइने भएको छ । अन्नपूर्ण केबलकार प्रालिले फेवातालको किनारैमा रहेको सेदीदेखि सराङकोटसम्म पुग्ने केबलकार निर्माण गरिरहेको छ ।
पोखरामा कसरी पर्यटक टिकाइराख्ने र के आकर्षण थप्ने भन्ने सोचलाई मूर्तरुप दिन आसपासका क्षेत्रहरुमा पनि अन्य पर्यटकीय गन्तव्यको विकास भइरहेको छ ।
रुपाकोटमा स्वीङ अर्थात् इन्डोनिसिया जस्तै पिङ र हजारौं वर्ष पूरानो जीवनशैली झल्काउने वर्ड भिलेज निर्माण हुने भएको छ । रुपाकोट रिसोर्टका सञ्चालक पुष्प अधिकारीले स्वीङ र वर्ड भिलेज निर्माण गर्ने भएका हुन् ।
कम्पनीका सुपरभाइजर अरुण कोइरालाका अनुसार सकम्पनीले शुरुमा १८ वटा ‘केबलकारका डिब्बा’सञ्चालनमा ल्याउने छ भने एउटा ‘डिब्बा’मा एक पटकमा ८ जना यात्रुले यात्रा गर्न सक्नेछन् । कम्पनीले भविष्यमा एकैपटकमा ३५ वटा ‘डिब्बा’ चलाउने योजना बनाएको छ ।
कम्पनीका सुपरभाइजर कोइरालाका अनुसार सेदीदेखि सराङकोटसम्मको साढे २ किलोमिटरको दुरी पार गर्न ८ मिनेटको समय लाग्नेछ ।
पोखराको लेकसाइडमा बास बसेर बिहानै साराङकोट पुगेर सुर्योदयको दृश्य हेर्न पाउने गरी केबलकार सञ्चालनमा ल्याइने उनको भनाइ छ । यसले पोखराबाट साराङकोट गाडीमा ४५ मिनेटमा पुग्ने समयलाई केबलकारले ८ मिनेटमै पूरा गरिदिनेछ ।म्पूर्ण संरचना निर्माणको काम करिब करिब पूरा भइसकेको छ । अब केवल तार तान्ने काम मात्रै बाँकी छ ।