२२१६ विन्दुसम्म पुगेको नेप्से परिसूचक २१६९ विन्दुमा ओर्लियो, अन्तिममा ६.३६ अंकले घट्यो नेप्से

Jan Mon 2021 06:26:12

568 views

२२१६ विन्दुसम्म पुगेको नेप्से परिसूचक २१६९ विन्दुमा ओर्लियो, अन्तिममा ६.३६ अंकले घट्यो नेप्से

काठमाडौं ।  सोमबार शेयर बजार परिसूचक नेप्से ६.३६ अंकले घटेर बन्द भएको छ। सुरुवाती चरणमा परिसूचक बढेर २२१६ विन्दुसम्म पुगेको थियो । तर अन्तमा ६.३६ अंकले घटेर परिसूचक २१६९ विन्दुमा ओर्लियो ।

आइतबार पौष १९ गते भने नेप्से परिसूचक ८८.१२ अंकले बढेको थियो ।

कारोबारमा आएका १२ वटा समूह मध्ये ५ वटामा बृद्धि भएको छ भने अरु बाँकी घटेको । सबैभन्दा धेरै बृद्धि निर्जीवन बीमा समूहमा आएको छ । उक्त समूहको ५२.४७ अंकले परिसूचक बढेको छ । घट्ने कम्पनीहरुमा भने उत्पादन तथा प्रशोधन समूहले सबैलाई उछिनेको छ। उक्त समूहको परिसूचक १००.५२ अंकले घटेको छ ।

सो अवधीमा २ सय २ कम्पनीको ५ अर्ब ९६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसमा सबैभन्दा ठूलो हिस्सा नेपाल पुनर्बीमा कम्पनीको रहेको छ । यस कम्पनीको आज ४६ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ। दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।