नारायणी डेभलपमेण्ट बैंकलाई १ बराबर १ को अनुपातमा हकप्रद विक्री गर्न अनुमति

Jan Mon 2021 07:57:43

652 views

नारायणी डेभलपमेण्ट बैंकलाई १ बराबर १ को अनुपातमा हकप्रद विक्री गर्न अनुमति

काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकलाई शतप्रतिशत हकप्रद शेयर विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले पुस २० गते कम्पनीलाई १ बराबर १ को अनुपातमा  ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको हकप्रद शेयर विक्री गर्न अनुमति दिएको हो । यो हकप्रद विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

२०७० साल चैत २७ गते समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरेको यस कम्पनीलाई २०७७ साउन ८ गते नेपाल राष्ट्र बैंकले समस्याग्रस्त अवस्थाबाट फुकुवा गरेको हो । समस्याग्रस्त अवस्थाबाट फुकुवा भएको यस कम्पनीको रोक्का रहेको शेयर कारोबार मंसिर ८ गतेदेखि सुचारु भएको छ । हाल दोस्रो बजारमा कम्पनीको शेयरमूल्य  ४७६ रुपैयाँ कायम रहेको छ ।