यस वर्ष नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमात्रै हुने विश्व बैंकको प्रक्षेपण

Jan Wed 2021 08:03:03

756 views

यस वर्ष नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमात्रै हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत कायम हुने अनुमान विश्व बैंकले गरेको छ । सरकारले  ७ प्रतिशत वृद्धिदर हुने दाबी गरिरहेको बेला विश्व बैंकले भने एक प्रतिशतभन्दा तल आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो ।

कोरोना भाइरस महामारीबीच विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रस्पेक्ट २०२१ मा नेपालको आर्थिक वृद्धिदर गएको आर्थिक वर्ष (२०७६/७७) मा ०.२ रहेको र चालु आर्थिक बर्षमा केही सुधार आउने अनुमान गरेको छ । विश्व बैंकको संशोधित प्रक्षेपणमा नेपाल सरकारले दाबी गरेजस्तो आर्थिक नहुने भन्दै ऋणात्मक अवस्थामा भने नजाने भनिएको छ । विश्व बैंकका अनुसार यस बर्ष दक्षिण एसियामा कोरोनाको सबैभन्दा धेरै प्रभाव भारतमा पर्ने अनुमान गरेको छ । 

समग्रमा दक्षिण एसियाको आर्थिक वृद्धि ६.५ प्रतिशतले बढ्ने अनुमान गरेको विश्व बैंकले भारत र बंगलादेशको आर्थिक वृद्धिदर भने  नकारात्म रहने प्रक्षेपण पनि गरेको छ । कोरोना कहरकै बीच पनि दक्षिण एसियाकै माल्दिभ्सको आर्थिक वृद्धिदर ९.५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । यस वर्ष भारतको ९.६ प्रतिशतले नकारात्मक रहने अनुमान गरेको छ । त्यस्तै, बंगलादेशको वृद्धिदर ०.७ प्रतिशतले नकारात्मक रहने अनुमान छ । बाँकी देशको भने सकारात्मक रहने अनुमान छ ।