Jan Thu 2021 05:27:20
820 views
काठमाडौं। बुक विल्डिङ्ग विधिमार्फत् निष्कासित हुने आईपिओको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न ४६ कम्पनीले स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डमा उक्त कार्यका लागि ६२ कम्पनीले निवेदन दिएकामा ४६ कम्पनीले स्वीकृति पाएका हुन् । स्वीकृति पाउनेमा बैंक, विकास बैंक, मर्चेन्ट बैंक, इन्स्योरेन्स लगायत रहेका छन् ।
बोर्डबाट स्वीकृति पाएपछि अब उनीहरुले बुक विल्डिङ्ग विधिमार्फत निष्काशित हुने आईपिओमा सहभागिता जनाउन सक्ने छन् ।