फरवार्ड माइक्रोफाइनान्सले ३१.५८ प्रतिशत लाभांश दिने

Jan Thu 2021 05:29:11

728 views

फरवार्ड माइक्रोफाइनान्सले ३१.५८ प्रतिशत लाभांश दिने

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ६.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने छ । अहिले कम्पनीको चुक्तापूँजी ५० करोड ४ लाख रुपैयाँ रहेको छ ।