नेप्से परिसूचक १५.९१ अंकले बढेर २२०० विन्दु नजिक, ५ अर्ब ८७ करोड बढीको शेयर कारोबार

Jan Thu 2021 05:34:30

726 views

नेप्से परिसूचक १५.९१ अंकले बढेर  २२०० विन्दु नजिक, ५ अर्ब ८७ करोड बढीको शेयर कारोबार

काठमाडौं । पुस २३ गते  बिहीबार नेप्से परिसूचक १५.९१ अंकले वृद्धि भएर २१९४.४८ विन्दुमा  भएको छ । नेप्से परिसूचक कारोबार अवधिमा २२०४.९७ विन्दुसम्म पुगेको थियो भने बन्द हुँदा २१९४.४८ विन्दुमा झरेर रोकिएको हो ।

बिहीबार २०८ कम्पनीको १ करोड १७ लाख ६७ हजार ४९२ कित्ता शेयर ५ अर्ब ८७ करोड ४७ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक मुल्यको शेयर खरिद विक्री प्रभु बैंक लिमिटेडको भएको छ । यो कम्पनीको ३१ करोड ७१ लाख ३६ हजार रुपैयाँको शेयर खरिद विक्री भएको छ । प्रभु बैंकको प्रतिशेयर मूल्य ३८७ रुपैयाँ कायम भएको छ ।

५ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । मल्टि प्रपोज फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने आइएमई जनरल इन्स्योरेरन्स लिमिटेड, मिर्मिरे माइक्रोफाइनान्स विकास बैंक लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये अन्य समूहको परिसूचक ०.२ प्रतिशतले घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ ।