माघ १ गतेदेखि अन्तर बैंक एटीएम कारोबारको शुल्क लाग्ने

Jan Thu 2021 05:51:19

735 views

माघ १ गतेदेखि अन्तर बैंक एटीएम कारोबारको शुल्क लाग्ने

काठमाडौं । एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा अब शुल्क लाग्ने भएको छ । यो व्यावस्था आउँदो माघ १ गतेदेखि लागू हुनेछ । 

कोभिडको जोखिमबाट बच्‍च भन्दै सरकारले लकडाउन सुरु गरेदेखि (गत चैतमा) बैंक तथा वित्तीय संस्थामा एउटा बैंकको कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था गरेको थियो । बिहीबार राष्ट्र बैंकले निर्देशन जारी गरेर अन्तर बैंक एटीएम कारोबारमा शुल्क उठाउन बैंक तथा वित्तीय संस्थालाई छुट दिएको हो । 

राष्ट्र बैंकका अनुसार अझै पनि मासिक २ वटासम्म अन्तर बैंक एटीएम कारोबार ग्राहकले निःशुल्क गर्न पाउने छन् । दुई वटा भन्दा धेरै कारोबारको हकमा प्रति कारोबार २० रुपैयाँसम्म शुल्क उठाउन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको जनाएको छ । 

त्यस्तै, राष्ट्र  बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोग गर्ने सेवाग्राहीको लागि पनि शुल्क तोकेको छ भने ग्राहकले मोबाइल तथा इन्टरनेट बैंकिङको युजरनेम तथा पासवर्ड भुलेमा आफै रिसेट गर्न सक्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।