शेयर कारोबारको राफसाफ दुई दिनमा झार्ने धितोपत्र बोर्डको तयारी

Jan Thu 2021 06:34:44

704 views

शेयर कारोबारको राफसाफ दुई दिनमा झार्ने धितोपत्र बोर्डको तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन)ले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र दुई दिनमा झार्ने तयारी गरेको छ । बोर्डले हाल कायम रहेको तीन दिनको राफसाफ चक्रलाई दुई दिनभित्र कायम गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएको हो । 

नेपालको पूँजीबजारमा दुई दिनभित्र कारोबारको राफसाफ गर्न सकिने वा नसकिने भन्ने विषयमा अध्ययन अनुसन्धान पछि बोर्डले उक्त प्रणाली लागू गर्ने तयारी गरेको बताएको छ ।

हाल धितोपत्र कारोबार गरेको तीन दिनभित्र राफसाफ गरिसक्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था बमोजिम शेयर विक्री कर्ताले आफुले विक्री गरेको शेयर बराबरको रकम तीनदिनभित्र पाइसक्नुपर्नेछ भने खरिद कर्ताको शेयर खातामा पनि तीनदिनभित्रै शेयर जम्मा भैसक्नुपर्नेछ । अबको व्यवस्थामा यी कार्य दुई दिनभित्र भैसक्नुपर्नेछ ।