तारागाउँ रिजेन्सी होटल्सले १० प्रतिशत लाभांश दिने

Jan Sat 2021 02:16:16

732 views

तारागाउँ रिजेन्सी होटल्सले १० प्रतिशत लाभांश दिने

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले १० प्रतिशत कर समेत नगद लाभाश दिने भएको छ । कम्पनीको पुस २३ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार छ । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।