नबिल बैंकको एटीएमको पासवर्ड यसरी सजिलै रिसेट गर्नुहोस्

Jan Sun 2021 07:57:03

823 views

नबिल बैंकको एटीएमको पासवर्ड यसरी सजिलै रिसेट गर्नुहोस्

काठमाडौं । अब नबिल बैंककाग्राहकलेले एटीएम कार्डको पिन नम्बर बिर्सिँएमा आफै परिवर्तन गर्न सक्ने भएका छन् । डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटीएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रदान गरेसँगै बैंकको एटिएम बुथबाटै पासवर्ड रिसेट तथा परिवर्तन गर्न सकिने सुविधा ल्याएको हो । 

रिसेट गर्नका लाष् िसबैभन्दा पहिला यसका लागि नबिल बैंकको नजिकैको एटीएम बुथमा जानुहोस् र आफ्नो कार्ड राख्नुहोस् र इन्सर्ट गर्नुहोस् । त्यसपछि अब त्यसमा रहेको ‘जेनेरेट ओटीपी फर पिन’ नामक विकल्प रोज्नुहोस् र आफ्नो कार्ड एटीएम मसिनबाट झिक्नुहोस् यसका साथै अब तपाईंको दर्ता भएको मोबाइल नम्बरमा ओटीपी कोड प्राप्त हुनेछ । अब पुनः आफ्नो एटीएम कार्ड मसिनमा राख्नुहोस् र भाषा छनौंट गर्नुहोस् । ‘इन्टर ओटीपी टु चेञ्ज योर पिन’ लेखिएको विकल्प रोज्नुहोस् । यति गरिसकेपछि आफ्नो मोबाइलमा आएको ६ अंकको ओटीपी कोड राख्नुहोस् । अब आफूले चाहेको नयाँ पिन नम्बर राख्नुहोस् र कन्फर्म गर्नुहोस् । यति भएसँगै तपाईंको पासवर्ड सफलतापूर्वक परिवर्तन हुनेछ ।