नेप्से हालसम्मकै उच्च बिन्दुमा, ४१.२४ अंकले बढेर २ हजार दुई सय ३५.७२ विन्दुमा

Jan Sun 2021 08:09:34

526 views

नेप्से हालसम्मकै उच्च बिन्दुमा, ४१.२४ अंकले बढेर २ हजार दुई सय ३५.७२ विन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन २०७७ साल पुस २५  गते (आइतबार) दोहोरो अंकले बढेको छ ।  नेप्से ४१.२४ अंकले बढेर दुई हजार दुई सय ३५ दशमलब ७२ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि २०७७ साल पुस २३ गते बिहिबार दुई हजार एक सय एक सय ९७ दशमलब ०८ विन्दमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।   

नेप्सेका अनुसार त्यस्तै, आज ६ अर्ब ३२ करोड बढीको कारोबार भएको छ । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये एक वटा समूह घटेको छ भने अन्य सबै समूहमा हरियाली छाएको छ ।  

त्यस्तै, ९ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । पोजेटिभ सर्किट लाग्नेमा प्रभु लाइफ इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, आरम्भ लघुवित्त, कुमारी बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, युनाईटेड फाइनान्स, प्राइम बैंक, नेपाल फाइनान्स लिमिटेड र महालक्ष्मी विकास बैंक रहेका छन् ।