सिभिल बैंकद्वारा ८.४२ प्रतिशत लाभांश घोषणा

Jan Mon 2021 06:01:58

1013 views

सिभिल बैंकद्वारा ८.४२ प्रतिशत लाभांश घोषणा

सिभिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ बाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको पुस २७ गते सम्पन्न ३२५ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र  ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्तामा वितरण हुनेछ ।