आयल निगमले शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभाशं र कर्मचारीलाई १ प्रतिशत बोनस रकम वितरण गर्दै

Jan Mon 2021 06:26:25

807 views

आयल निगमले शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभाशं र  कर्मचारीलाई  १ प्रतिशत बोनस  रकम वितरण गर्दै

काठमाडौं । नेपाल आयल निगमले शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभाशं दिने भएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेशनल ट्रेडिङ, राष्ट्रिय बीमा कम्पनी, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक निगमका शेयरधनी रहेका छन् ।

कर्मचारीलाई बोनस

निगमले नाफाको १ प्रतिशत रकम कर्मचारीलाई बोनस वितरण गर्ने भएको छ । बोनसका लागि गत आर्थिक वर्षको नाफाबाट करिब १७ करोड ४० लाख रुपैयाँ छुट्याइएको बताइएको छ। विगत पाँच वर्षदेखि निगमले कर्मचारीलाई बोनस वितरण नगरेको तर यो पटक कोरोना संकटकाबीच पनि कर्मचारीहरुले गरेको काम उल्लेख्नीय रहेकाले बोनस दिन लागिएको बताइएको छ।