चन्द्रागिरी हिल्सको आईपीओमा ११ गुणा बढी आवेदन

Jan Sun 2021 06:33:39

707 views

चन्द्रागिरी हिल्सको आईपीओमा  ११ गुणा बढी आवेदन

काठमाडौं । पुस २४ गतेदेखि विक्रीमा आएको चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा विक्री खुला भएको तेस्रो दिनमै मागभन्दा ११ गुणा बढी आवेदन परेको छ । आइतवार २ बजेसम्म ८ लाख १५ हजार ६१० जनाले आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको हो  

कम्पनीले सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता शेयर विक्री खुला गरेको हो ।

कम्पनीको यो आइपीओलाई इक्रा नेपालले मध्यम स्तरको जोखिमको संकेत गर्ने ईक्रा एनपी आर डबल बी रेटिङ प्रदान गरेको छ । आइपीओ निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सिडिएससीका अनुसार यी आवेदकहरुबाट १ करोड ५९ लाख ८९ हजार ७० कित्ता शेयर खरिदको माग भएको छ । जुन मागभन्दा ११ दशमलव ४५ गुणा बढी हो ।