नेप्से अहिलेसम्मकै उच्च २२३९ विन्दुमा

Jan Mon 2021 07:03:55

659 views

नेप्से अहिलेसम्मकै उच्च २२३९ विन्दुमा

काठमाडौं। सोमवार शेयर बजार परिसूचक नेप्से ३.७० अंकले  बढेको छ । बजार उतारचढाव पूर्ण रहेपनि अन्तमा परिसूचक ३.७० अंकले बढेर २२३९.४२ को विन्दुमा चढेको हो ।

सेन्सेटिभ इण्डेक्स ०.२२ प्रतिशत अर्थात ०.९६ अंक बढेर ४२९.३९ विन्दुमा पुगेको छ ।

परिसूचक बढेपनि कारोबार भने आइतबारको तुलनामा घटेको छ । आइतबार ६ अर्ब ३२ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । तर सोमबार २ सय ८ कम्पनीको ५ अर्ब ५२ करोड ४८ लाख रुपैयाँको मात्र शेयर कारोबार भएको छ । कारोबारका आधारमा सबैभन्दा धेरै हिस्सा सिद्धार्थ बैंकको रहेको छ । बैंकको ४२ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १२ समूहमध्ये ५ समूहको परिसूचक घटेको छ। सोमध्ये उत्पादन तथा प्रशोधन समूहको सर्वाधिक ४१.३२ अंकले घटेको छ । निर्जीवन बीमा समूहको भने सर्वाधिक १ सय ७६.९३ अंकले बढेको छ।