सस्तो सेयर : ३ सयभन्दा कम मूल्यमा पाइने ९ वाणिज्य बैंकका सेयरहरु

Jan Mon 2021 07:50:04

781 views

सस्तो सेयर : ३ सयभन्दा कम मूल्यमा पाइने ९ वाणिज्य बैंकका सेयरहरु

सस्तो ३ सयभन्दा कम मूल्यमा पाइने ९ वाणिज्य बैंकका सेयरहरुमा

 दोस्रो बजारमा ९ वटा वाणिज्य बैंकको सेयर मूल्य प्रतिकित्ता ३ सय रुपैयाँभन्दा कम छ । प्रतिकित्ता ३ सय रुपैयाँभन्दा सस्तो मूल्यमा दोस्रो बजारमा सेयर पाइने बैंकहरुमा बैंक अफ काठमाण्डू, सेन्चुरी, सिभिल, कुमारी, लक्ष्मी, माछापुच्छ्रे, मेगा, नेपाल बंगलादेश (एनबी) र सनराइज हुन् ।

२७ पुस) नेपाल स्टक एक्सचेन्जमा बैंक अफ काठमाण्डूको सेयर प्रतिकित्ता २ सय ८८ रुपैयाँमा कारोबार बन्द भयो । सो बैंकले गत वर्षको नाफाबाट प्रतिकित्ता ३ रुपैयाँ नगद र १३ प्रतिशत बोनस सेयर गरी १६ प्रतिशत प्रतिफल दिएको छ ।

सेन्चुरी कमर्सियल बैंकको सेयर आज प्रतिकित्ता २ सय २० रुपैयाँमा कारोबार बन्द भएको छ । सेन्चुरीले २ वर्षको साधारणसभा गर्न बाँकी छ । उसले अघिल्लो वर्षको नाफाबाट २.२५ प्रतिशत नगद र ५.२५ प्रतिशत बोनस सेयर गरी ७.५ प्रतिशत प्रतिफल दिदैछ । 

सिभिल बैंकको सेयर मूल्य प्रतिकित्ता २ सय ३ रुपैयाँ छ ।

कुमारी बैंकको सेयर मूल्य आज प्रतिकित्ता २ सय ८७ रुपैयाँमा कारोबार बन्द भएको छ । उसले गत वर्षको नाफाबाट सेयरधनीलाई ३.५ प्रतिशत नगद र १०.८५ प्रतिशत बोनस सेयर दिएको छ ।

लक्ष्मी बैंकको सेयर आज दोस्रो बजारमा प्रतिकित्ता २ सय ७५ रुपैयाँका कारोबार बन्द भएको छ । लक्ष्मीले २.५ प्रतिशत नगद र ९ प्रतिशत बोनस सेयर गरी ११.५ प्रतिशत प्रतिफल प्रदान गर्दैछ ।

माछापुच्छ्रे बैंकको सेयर मूल्य प्रतिकित्ता २ सय ७५ मा कारोबार बन्द भएको छ । उसले गत वर्षको नाफाबाट ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस सेयर प्रदान गरेको छ । माछापुच्छ्रे बैंकले पनि गत वर्षको साधारणसभा गरिसकेको छ ।

मेगा बैंकको सेयर मूल्य प्रतिकित्ता २ सय ८७ रुपैयाँमा कारोबार बन्द भएको छ । मेगाले गत वर्षको नाफाबाट ३.०५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी १३ प्रतिशतभन्दा बढी प्रतिफल प्रदान गर्दैछ । मेगाले गत वर्षको साधारणसभा गरिसकेको छैन ।

एनबी बैंकको सेयर आज प्रतिकित्ता २ सय ८० रुपैयाँमा कारोबार बन्द भएको छ । एनबीले गत वर्षको नाफाबाट २.४२ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर गरी ८.४२ प्रतिशत प्रतिफल दिएको छ ।

सनराइज बैंकको सेयर मूल्य प्रतिकित्ता २ सय ७० रुपैयाँमा कारोबार बन्द भएको छ । उसले गत वर्षको नाफाबाट सेयरधनीलाई प्रतिकित्ता २.४८ प्रतिशत नगद र ५.८ प्रतिशत बोनस सेयर प्रदान गरेको छ । 

यद्यपि, सेयर बजारमा लगानी गर्नु जोखिमपूर्ण हुन्छ । कुनै पनि कम्पनीको सेयर किन्ने वा बेच्ने निर्णय लगानीकर्ताले आफै बिचार गरेर गर्नुपर्छ ।