नेपाल चेम्बर र फेडरेसन अफ इजरायल चेम्बरबीच सम्झौता

Jan Mon 2021 06:02:11

872 views

नेपाल चेम्बर र फेडरेसन अफ इजरायल चेम्बरबीच सम्झौता

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्स र फेडरेशन अफ इजराइल चेम्बर अफ कमर्स बीच सोमबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुवै पक्षका पदाधिकारी तथा इजरायल स्थित नेपालका राजदूत डा.अन्जान शाक्य र नेपाल स्थित इजरायलका राजदूत  हनान गोडर गोल्डबर्गरको भर्चुअल उपस्थितिमा सो सम्झौता सम्पन्न भएको हो ।  उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र फेडरेशन अफ इजराइल चेम्बर अफ कमर्सको तर्फबाट उपाध्यक्ष अमिर सानीले हस्ताक्षर गरेका छन् ।

समझदारीपत्रमा इजरायल चेम्बर अफ कमर्ससँगको सम्बन्ध मार्फत इजराइलबाट नेपालमा लगानी भित्राउन पहल गर्ने, नेपाल र  इजरायलमा आपसी रुपमा व्यापारलाई बिस्तार गर्ने, दुइ–पक्षिय तथा बहु–पक्षीय ब्यापार तथा लगानीसँग सम्बन्धित साझा स्वार्थहरुको प्रबर्द्धन गर्ने, आर्थिक सहकार्य र व्यापारिक भ्रमणको आदान–प्रदान, व्यवसायीक सूचना आदान प्रदान गर्ने लगायतका बुंदाहरु समाबेश छन् ।