स्पष्टिकरण सहित नेप्सेले रोक्यो सिभिल लघुवित्तको शेयर कारोबार

Jan Tue 2021 06:40:00

621 views

स्पष्टिकरण सहित नेप्सेले रोक्यो सिभिल लघुवित्तको शेयर कारोबार

काठमाडौं । मंगलबार लाभांश प्रस्ताव सार्वजनिक गरेको सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रोक्का गरेको छ । नेप्सेले सोमवारको सञ्चालक समितिले गरेको निर्णय मंगलवार कारोबार भैरहेको समयमा नेप्सेलाई उपलब्ध गराएको भन्दै के कति कारणले सुचना उपलब्ध गराउन ढिला भएको हो तीन दिनभित्र स्पष्टिकरण बुझाउन भनेको छ । 

नेप्सेले धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्था बमोजिम सुचना उपलब्ध नगराएको भन्दै कारोबार रोक्का गरेको जानकारी दिएको छ । यस कम्पनीले ३ दशमलव ६८ प्रतिशत लाभांश दिने प्रस्ताव मंगलबार नेप्से मार्फत सार्वजनिक गरेको थियो । गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट ३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सार्वजनिक गरेको हो ।