बैंकको एटिएम कार्डबाट पैसा निकाल्दा शुल्क लाग्ने

Jan Thu 2021 03:45:42

बैंकको एटिएम कार्डबाट पैसा निकाल्दा शुल्क लाग्ने

काठमाडौं। माघ १ गते (आज) देखि एउटा बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ। राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकिकृत निर्देशन २०७७ मा संशोधन गरी यस्तो व्यवस्था गरेको हो।

तर, महिनामा दुई पटक एउटा बैंकको एटिएम कार्ड प्रयोग गरी अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा भने शुल्क लाग्ने छैन् । महिनामा दुई पटकभन्दा बढीको कारोबारमा भने शुल्क लाग्ने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले लकडाउनपछि निशुल्क गरेको अन्तरबैंक एटीएम कारोबारमा माघ १ गतेदेखि भने प्रतिकारोबार २० रुपैयाँसम्म बैकहरूले शुल्क लिन पाउने भएका छन्।

यसअघि बैंकहरुले अन्तर बैंक कारोबारमा शुल्क लिन पाउनु पर्ने माग गर्दै आएका थिए भने शुल्क नपाएपछि खर्च घटाउन उनीहरुले शाखा कार्यलयभन्दा बाहिर रहेका एटिएम बुथहरु हटाउन थालेका थिए ।