सहकारी क्षेत्रकै ठूलो बैंकको दर्ता प्रक्रिया सुरु, ३५ हजार सहकारीको कारोबार हुने

Jan Thu 2021 06:54:44

708 views

सहकारी क्षेत्रकै ठूलो बैंकको दर्ता प्रक्रिया सुरु, ३५ हजार सहकारीको कारोबार हुने

काठमाडौ । नेपाल सहकारी बैंक दर्ता प्रकृया शुरु गर्न प्रारम्भिक भेला माघ १७ गते काठमाडौंमा हुने भएको छ । मुलुकभर करिब ३५ हजार सहकारी संस्थाको आर्थिक कारोबार राख्नेगरी बैक स्थापना गर्न प्रकृया अघि बढाइएको हो ।

प्रारम्भिक भेला सम्पन्न गरी दर्ता प्रक्रियाका लागि सहकारी विभाग जाने तयारी गरिएको छ । भेलासँगै विभागमा दर्ता प्रकृया गर्ने र राष्ट्रबैकबाट स्वीकृत लिने प्रकृया अघि बढाईने भएको छ । नेपाल सहकारी बैंकको नाममा दर्ताका लागि आवश्यक तयारी पूरा भएको बैंक गठन कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार भेला लगत्तै प्रकृया अघि बढ्ने र साे बैंक मुलुककै सहकारी क्षेत्रको सबैभन्दा ठुलो बैक हुनेछ ।

संस्था दर्ता हुन ५ सय १ सहकारी संस्था आवश्यक पर्छ । ती मध्य हालसम्म करिब एक हजार संस्था दर्ता प्रकृयामा सहभागि हुने तयारी भैरहेको छ । ‌बैंकमा सदस्य सहकारी हुन आवेदक सहकारीले लगातार तीन वर्षदेखि नाफामा रहेको हुनुपर्नेछ ।