हालसम्मकै सबैभन्दा ठूलो आईपीओ, कति कित्तासम्म भर्दा पर्ने

Jan Thu 2021 07:30:09

798 views

हालसम्मकै सबैभन्दा ठूलो आईपीओ, कति कित्तासम्म भर्दा पर्ने

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडले  इतिहासकै ठूलो आईपीओ माघ २ गते देखि खुलेको  छ । इन्फ्रास्टक्चर बैंकले कूल ८ अर्ब रुपैयाँ रुपैयाँ बराबरको प्राथमिक सेयर(आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीकाे सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने छ । यससँगै इच्छुक सर्वसाधारणले छिटोमा माघ ६ गतेसम्ममा आवेदन दिन पाउने छन् ।

नेपाल धिताेपत्र बाेर्डले गत पुस १० गते मात्रै बैंकलाई साे मात्राकाे आईपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । यसअघि नेपाली पुँजीबजारमा कुनै पनि कम्पनीले यति ठूलो आकारको सेयर जारी गरेका थिएनन् । यति ठूलाे मात्रामा सेयर जारी गर्ने बैंक नै पहिलाे कम्पनी हाे ।

सबैभन्दा ठूलो आकारको आईपीओ भएकाले याे कम्पनीमा लगानी गर्ने सबैले बैंकको सेयर हात पार्ने अधिक सम्भावना रहेको छ । आईपीओमा धेरै आवेदन पर्दा पनि प्रतिआवेदक ७० कित्तासम्म सेयर पाइने सम्भावना देखिएको एक अध्ययनले बताएको छ । त्यसैले, यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम ७० कित्तादेखि १०० कित्तासम्मका लागि आवेदन दिँदा उचित हुने जानकारहरु बताउँछन् ।

सेयर निष्काशन गर्न इक्रा नेपालले मोडेरेट क्रेडिट रिक्स जनाउने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी ग्रेडिङ्ग प्रदान गरेको छ ।