काठमाडौं । माघ ११ गतेदेखि धितोपत्र दोस्रो बजारमा शेयर कारोबारको लािग ‘टी प्लस टु’ लागू हुने भएको छ । अब शेयर कारोबारको राफसाफ तथा फछर्यौट चक्र माघ ११ गतेदेखि २ दिनभित्र सम्पन्न हुने भएको हो । सीडीएस एन्ड क्लियरिङले (सीडीएससी) र दलाल व्यवसायी बीच भएको सहमति अनुसार आगामी माघ ११ गतेदेखि टि प्लस टु लागु हुने भएको हो । ‘टी प्लस टु’ लागू भएपछि शेयर खरीदबिक्री गरेपछिको अर्को २ दिनभित्र अर्थात् टी प्लस टु मा राफसाफ गरिसक्नु पर्नेछ ।
यो प्रणाली नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको राफसाफ चक्र दुई दिन कायम गर्ने बाटो यसअघि नै खोलिदिइसकेको छ । बोर्डले दुई दिनको राफसाफ चक्र कायम हुने गरी शंसोधनका लागि पेश गरेको विनियमावलीलाई स्वीकृति दिएको थियो ।
यसअघि तीन दिनमा सेटलमेन्ट हुने गरेको अब तीन दिनमै सेयर खरिद–बिक्रीको राफसाफ भइसक्नु पर्नेछ । यसले बजारलाई थप चलायमान बनाउने विश्वास लिइएको छ । टि प्लस टु राफसाफ तथा फर्छ्यौट चक्र कार्यान्वयनमा आएपछि धितोपत्रको तरलता वृद्धि भई बजार थप गतिशिल हुने र लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने धितोपत्र बोर्डले बताएको छ ।