एचडीएलको सतप्रतिशत लाभांश पारित

Jan Sat 2021 08:00:35

1405 views

एचडीएलको सतप्रतिशत लाभांश पारित

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल)को २०औं वार्षिक साधारणसभाले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १०० प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले लगानीकर्तालाई ५० प्रतिशत नगद लाभांश र ५० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको थियो । शुक्रबार वीरगंजको पटेलनगरस्थित उद्योग परिसरमा भएको साधारणसभाबाट उक्त लाभांश पारित गरेको हो । 

आव २०७६/७७ को वासलात पारित गर्दै साधारणसभाले नगद लाभांश र बोनस शेयर वितरण प्रस्ताव पारित गरेको छ । कम्पनीको गत वर्षको पुँजी  ५७ करोड ८४ लाख ६८ हजार रुपैयाँ रहेकोमा साधारणसभाले १९ करोड २८ लाख रुपैयाँ बराबरको बोनस पारित गरेपछि यो ८६ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।