एनआईसी एशिया बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

Jan Sun 2021 06:53:05

854 views

एनआईसी एशिया बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको मंसिर २१ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाद्वारा पारित गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट वितरण गरिएको १९ प्रतिशत बोनस  शेयर (१ करोड ८४ लाख ६३ हजार ५ सय ३८ कित्ता) नेप्सेमा सूचीकृत भएको हो ।  

उक्त बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ रुपैयाँ पुगेको छ । साथै बोनस शेयर धितोपत्रको दोस्रो बजारमा माघ ५ गतेदेखि कारोबार गर्न मिल्ने गरी सम्बन्धित शेयरधनीहरूको डिम्याट खातामा जम्मा गर्ने व्यवस्था मिलाइने बैंकले जनाएको छ ।