इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा साढे १० अर्बभन्दा बढीको आवेदन

Jan Sun 2021 06:58:40

516 views

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा साढे १० अर्बभन्दा बढीको आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ खरिदका लागि आइतबारसम्म ८ लाख ५६ हजारले साढे १० अर्र्ब रुपैयाँभन्दा बढीको आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार बेलुका ६ बजेसम्म यी आवेदकहरूबाट १० करोड ५८ लाख ६ ७९हजार ६७० कित्ताका माग भएको हो ।

 कम्पनीले माघ २ गतेदेखि हालसम्मकै सर्वाधिक ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो । कम्पनीले कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । 

सबै आवेदकको भागमा पर्ने निश्चित रहेको यो आईपीओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्रीमा रहने मिति तोकिएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रै विक्री बन्द हुने भएको छ ।