Jan Sun 2021 07:30:46
366 views
काठमाडौं । आइतबार शेयर बजार परिसूचक नेप्से २८.४६ अंकले बढेर २३ सय १५ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स पनि १.८८ प्रतिशत अर्थात ८.१७ अंक बढेर ४४३.४२ विन्दुमा पुगेको छ ।
यो हालसम्मकै उच्च विन्दु हो ।
कारोबारमा आएका १२ समूह मध्ये हाइड्रोपावर बाहेक अरु सबै समूह बढेको छ । हाइड्रोपावर समूहमा पनि ०.४ प्रतिशतको मात्र गिरावट छ ।
परिसूचक बढेको दिन आइतबार २ सय ८ कम्पनीको ६ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसमा नेपाल टेलिकमको ५८ करोड १० लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।
सबैभन्दा धेरै कमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेशन छ भने सबैभन्दा धेरै गुमाउनेमा युनाइटेड फाइनान्स रहेको छ ।
रिसूचक नयाँ उचाईमा पुगेको दिन १६ कम्पनीका सेयरधनीले ९ प्रतिशत बढी कमाएका छन्