बैंक अफ काठमाण्डूको सेयर नेप्सेमा सूचीकृत

Jan Mon 2021 05:42:32

424 views

बैंक अफ काठमाण्डूको सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । बैंक अफ काठमाण्डूको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको आज(माघ ५ गते) सोमबार मात्रै १३ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

गत मंसिर १५ गते सम्पन्न बैंककाे वार्षिक साधारणसभाले उक्त बाेनस प्रस्ताव पारित गरेकाे थियाे । सभाले पारित गरेसँगै नेप्सेमा साे मात्रा अर्थात एक करोड ११ लाख १२ हजार ८९० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीकाे सभाले आर्थिक वर्ष २०७६/७७ काे नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद(लाभांशमा लाग्ने कर समेत) गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको थियाे ।