इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १८ अर्ब १७ करोडको आवेदन, १५ लाख ३३ हजारले भरे

Jan Tue 2021 06:16:37

780 views

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा   १८ अर्ब १७ करोडको आवेदन, १५ लाख ३३ हजारले भरे

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा १५ लाख ३३ हजार ७५५ जनाले आवेदन लिएका छन् । सीडीएस एण्ड क्लियरिङ हाउसले दिएको जानकारी अनुसार सो सख्याका आवेदकले १८ अर्ब १७ करोड ५० रुपैयाँको आईपीओमा आवेदन दिएका छन् । १५ लाख ३३ हजार आवेदकबाट १८ अर्ब १७ करोड ५० लाख कित्ता शेयर खरिदको लागि आवेदन परेको हो । 

कम्पनीको आईपीओलाई इक्रा नेपालले बैंकको वित्तीय अवस्था मध्यम रहेको संकेत गर्ने “इक्राएनपी आईआर त्रिपल बी” रेटिङ्ग प्रदान गरेको छ । अधिकत पूँजी ४० अर्ब र जारी पूँजी २० अर्ब रहेको बैंकको हाल चुक्तापूँजी १२ अर्ब रहेको छ ।